‘समृद्धि स्टिल्स्’ औद्योगिक मेलाको तयारी अन्तिम चरणमा
पाेखरा | मंसिर १४, २०७९
पोखरा: पोखरामा हुने २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको तयारी ९० प्रतिशत पुरा भएको आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
संघका महासचिव बलराम आचार्यले उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको बताए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । आजसम्म ९० प्रतिशत काम सकिएको अवस्था छ, उनले भने, ‘बाँकी काम अबको दुई दिनमा सकिनेछ ।’
उनका अनुसार अधिकांश स्टलहरु बुकिङ भइसकोका छन् ।
उनले करिब २ सय ५० वटा स्टलहरु रहको जानकारी दिदै ४० बढी अटोका स्टलहरु रहेको जानकारी दिए ।
यसैगरि संघका अध्यक्ष पवन प्रजापतिले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको विक्री तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको बताए ।
‘यस व्यापार मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रर्वद्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो ।’ उनले भने ।
उनले कोरोना भाइरसको महामारीका कारण २ वर्ष मेला आयोजना गर्न नपाएको बताए । ‘औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ । तर कोभिड १९ ले गर्दा २ संस्करणहरु आयोजना गर्न सकिएन, प्रजापतिले भने, ‘कोभिड १९ ले हाम्रो अभियान रोकियो र संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका छौं ।’
उक्त कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेशका निवर्तमान कानून, सञ्चार तथा प्रदेशसभा मामिालामन्त्री विन्दु थापाले गर्नेछन् ।
उनका अनुसार सो मेलामा सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

